अर्थ-वाणिज्य

३५ करोड रुपैयाँको लागतमा हेटौंडामा सुविधा सम्पन्न बस टर्मिनल बन्दै



मकवानपुर २६ फागुन – हेटौंडाको मुख्य बजार क्षेत्रबाट अलि भित्र जाँदा निकै ठूलो भवन निर्माण भइरहेको जस्तो देखिन्छ । चारैतिरबाट जस्ताको टिनले घेरिएको यस क्षेत्रमा गेटभित्र गएपछि श्रमिकहरु काममा व्यस्त रहेका देखिन्छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माण हुन थालेको एक वर्ष भयो । ३५ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले बस टर्मिनल बनाउन लागेको हो । यसमा ५० प्रतिशत काम सकिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ । 

उहाँका अनुसार डेढ वर्ष समय अवधि दिएर बस टर्मिनलको काम थालिएको हो । योजना अनुसार चार तलाको भवन हुनेछ भने मुनिका दुई तलामा पार्किङ र माथिल्ला दुई तलामा व्यापारिक कम्प्लेक्स रहनेछ । रसुवा, आसिस, बानियाँ जेभीले ठेक्का मार्फत काम गरिरहेको छ । यो बस टर्मिनल बनेपछि यात्रु तथा बस व्यवसायी सबैलाई सुविधा हुने बताइएको छ ।

‘अहिलेको बसपार्क पुरानो र कम क्षमताको भएकाले अर्को बसपार्क निर्माण गर्न सुरु गरेका हौं’, मेयर महतले भन्नुभयो, ‘अहिले भइरहेकोबाट पनि छोटो दुरीका सवारीका साधनलाई पार्कको रुपमा प्रयोग गछौं र नयाँ बन्दै गरेको बसपार्कमा भने लामो दुरीका सवारीका साधनलाई ओहोरदोहोर गर्ने, यात्रुलाई आराम गर्ने सबै व्यवस्थाका साथ निर्माण गरिरहेका हौं ।’ 

उपमहानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको बस टर्मिनलको जग राख्ने काम भइरहेको छ । अहिले टिसिएनमा भइरहेको तरकारी बजार क्षेत्रमा बसपार्कका रुपमा बगैँचा सहित निर्माण हुनेछ । उपमहानगरपालिकाले यो भवन निर्माण भएपछि आम्दानीको आन्तरिक श्रोत पनि वृद्धि हुने र सुविधा सम्पन्न बसपार्क पनि निर्माण हुने मेयर महत बताउनुहुन्छ । यस्तै स्थानीय सरकारले विकास निर्माणका काम गर्नका लागि अरुको मुख ताक्ने अवस्था पनि नहुँने मेयर महतको भनाइ छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६