प्रदेश

नगर विकासको साझेदार समुदायिक वनहरु हुनः प्रमुख प्रशासकिय अधिकृत पन्थी




हरि घिमिरे, २६ फागुन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगर भित्रका सामुदायिक बनहरु संग छलफल गरेको छ । बाणगंगा भित्रका सामुदायिक वन तथा धार्मीक वन सहित ३६ वटा सामुदायिक बनहरुका पदाधिकारिहरु संग छलफल गरेको हो । बाणगंगा नगरपालिकाको हलमा सम्पन्न कार्यक्रम परिचय सहित बनका पदाधिकारिहरुले वनमा भएका समस्या कठिनाई र चुनौतिहरु नगरपालिका समक्ष राखेका थिए । सामुदायिक वनहरुका पदाधिकारिहरुले सुनाएका सवालको जवाफमा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नगर विकासको साझेदार समुदायिक वनहरु भएको बताउनु भयो । उहाँले सामुदायिक वनहरुसंग नगरले यस अघि जे गरेतापनि आगामि दिनमा समन्वयमा कामगर्ने बताउनु भयो । त्यस्तै नगर उपप्रमुख चक्र अर्यालले वन जंगल जोगाउदौ नगरको विकास एंव आर्थिक संवृद्धिको पहरेदार सामुदायिक वन भएको बताउनु भयो । उहाँले नगर विकासको दाईत्व नगरपालिकाको मात्र नभई सबैको रहेको बताउनु भयो । कार्यक्रममा सामुदायिक वनका पदाधिकारिले नगरपालिकाले अहिले सम्म समन्वय नगरेको गुनासो गरेका थिए ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६