प्रदेश

चुनावमा गठबन्धनबारे निर्णय गर्ने अधिकार स्थानीय समितिलाई छः कांग्रेस लुम्बिनी



बुटवल, २६ फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आसन्न स्थानीय तहको निर्वाचनमा अन्य दलसँगको गठबन्धन पार्टीको स्थानीय समितिले गर्नसक्ने अधिकार दिएको छ ।

बिहीबार पार्टी प्रदेश कार्यालय बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेस गठबन्धन नगरी पनि निर्वाचन लड्न सक्षम रहेको बताए ।

अन्य दलसँग गठबन्धन गर्ने÷नगर्ने अधिकार स्थानीय समितिलाई रहने बताउँदै उनले आवश्यकता परेको अवस्थामा सत्ता गठबन्धन भन्दा बाहिरका दलसँग पनि गठबन्धन हुन सक्ने बताए ।

उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर पार्टीले टिकट वितरण गर्ने पनि सभापति पुनले बताए । स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्दा पार्टीमा गरेको योगदान, जनाधारको मूल्यांकन, कार्य क्षमता, दक्षता सहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्यागको मूल्यांकन, प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेद्वार छनोट गरिने पुनले बताए ।

सभापति पुनले स्थानीय तहको निर्वाचनको टिकट खोज्न नेताको घरमा भन्दा पनि जनताको घर–घरमा जना आग्रह गरेका छन् । पैसामा टिकट वितरण हुँदैन । ‘जसले जनताको घर–घरमा गएर स्थानीयको मन जित्छ उसैले टिकट पाउँछ,’ पुनले भने । स्थानीय तहको निर्वाचन नजिते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्न गाह्रो हुने पुनले बताएका छन् ।
यसैबीच नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको कोषाध्यक्षमा प्रकाश रानालाई मनोनित गरेको छ । नेपाली कांगे्रसको विधान अनुसार कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था भएबमोजिम रानालाई कोषाध्यक्षमा मनोनित गरिएको सभापति पुनले बताए ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६