खोज–अनुसन्धान

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा खिमलाल



काठमाडौं २५ फागुन, । नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलको नेताको जिम्मेवारी खिमलाल भट्टराईलाई दिएको छ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् ।

यसअघि, राष्ट्रिय सभामा संसदीय दलको नेता रहेका सुमन प्याकुरेल थिए र उनको पदावधि २० फागुनमा सकिएको थियो । प्याकुरेल पदमुक्त भएपछि यसअघि प्रमुख सचेतक रहेका भट्टराईलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो ।

एमालेले राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा देवेन्द्र दाहाललाई चयन गरेको छ । संघीय संसद सचिवालयका अनुसार एमाले अध्यक्ष ओलीले राष्ट्रियसभा संसदीय दलका नेता र प्रमुख सचेतक चयन गरेको पत्र सचिवालयमा पठाएका छन् ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६