भैरहवा, फागुन २६ ।पटक–पटक घोषणा र स्थगित हुँदै आएको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचन यहि फागुन २७ गते हुने भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएपछि आकांक्षीहरु चुनावी प्रचार प्रसारमा जुटिरहेकै बखत स्थगित भएको निर्वाचन महामारी क्रमशः मथ्थर हुँदै गएपछि फागुन २७ मा घोषणा गरिएको हो । यस्तै लुम्बिनी प्रदेशमा दोस्रो कार्यकारिणी समितिको निर्वाचनको लागि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) को तर्फबाट वरिष्ठ इन्जिनियर जिबन अर्यालले सभापति पदको लागि उम्मेदवारी दिएका छन् ।त्यस्तै सह-सचिवमा अर्का बरिस्ठ इन्जिनियर नवसुजित भण्डारीले उम्मेदवारी दिनु भयेको छ।उहाँहरु दुबै निकै लोकप्रिय मानिनु हुन्छ।
सिद्धार्थ नगरपालिकामा योजना महाशाखा प्रमुख, साथै एडिबीको सहयोगमा सञ्चालित आर.यु.डि.पी.कार्यक्रमको आयोजना प्रमुख, नेपाल भ्यालुयर्स एशोसिएसनको केन्द्रीय उपाध्यक्ष तथा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) लुम्बिनी प्रदेश अध्यक्ष रहेका अर्याल स्पष्ट बक्ता, कुशल र अनुभवी ईन्जिनियर हुन् । लुम्बिनी इन्जिनियरिङ्ग कलेजबाट कन्ट्रक्सन म्यानेजमेन्ट, भारतबाट ब्याचलर सिभिल इन्जिनियरिङ्ग अध्ययन गरेका अर्यालसँग नगरपालिकामा २५ बर्ष काम गरेको अनुभव रहेको छ । स्थानीय निकायको पीरमर्का बुझेका, मूल्यांकनकर्ताको पीर मर्का बुझेका र तत्कालिन सेवा विकास बैंकमा लामो समय संचालक समेत रहेकाले मूल्यांकनकर्ता इन्जिनियरको पीर मर्का बुझेका कुशल ब्यक्तित्वको परिचय पनि अर्यालले बनाएका छन् । प्रोग्रसिभ इनिनियरिङ्ग एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष बनेर पेशागत हक हीत र सुरक्षाको मुद्दा उठाउँदै आएकाले उनको अनुभव अझै निखारिएको छ । पीनको अध्यक्षको जिम्मेबारी निभाउँदा अर्यालले प्रदेशका १२ वटै जिल्लाहरुमा संगठन बिस्तार, पेशागत अधिकार र मर्यादाको लागि अभियान चलाउँदै आएका छन् । जसले गर्दा इन्जिनियर्स एशोसिएसनलाई कुशलतापूर्वक अघि बढाउन सहयोग पुग्नेछ । भण्डारी इन्जिनियर उत्पादनमा कलेज स्तरमा प्राध्यापन गर्नु हुन्छ।यसअघि बुटवल उपमहानगरमा समेत कार्यरत भण्डारीका बिभिन्न फोरमको नेतृत्वमा कृयासिल हुनुहुन्छ ।नेपाल ईन्जिनियर्स एसोसिएसन ३३ औं केन्द्रिय कार्यकारिणी समिति र दोश्रो प्रादेशिक कार्यकारिणी समितिको चुनाबको लागी क्र.सं. १ मा सह-सचिब पदमा ई.नवसुजित भण्डारीले उम्मेदवारी दिनु भएको छ।
प्रतिक्रिया