अन्तर्राष्ट्रिय

श्रीलङ्का पुलिसलाई १ सय ४४ रनले हराउदै नेपाल क्रिकेट टोली विजयी



काठमाण्डाै २६ फागुन – श्रीलङ्कामा भइरहेको तेस्रो अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय क्रिकेट टोली विजयी भएको छ । आज बिहीवार कोलम्बोमा भएको खेलमा नेपालले श्रीलङ्का पुलिसलाई एक सय ४४ रनले हरायो ।

नेपालले दिएको तीन सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का पुलिस ३६ ओभर पाँच बलमा एक सय ८७ रन बनाउँदा अलआउट भयो । बलिङतर्फ नेपालका करण केसीले चार तथा सागर ढकाल र सन्दीप लामिछानले दुई–दुई विकेट लिए । यस्तै कमलसिंह ऐरीले एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए । 

नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । अन्तिम अभ्यास खेलमा भोलि शुक्रवार नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ । भोलिको खेलमा श्रीलङ्काको राष्ट्रिय टोलीका केही पूर्वखेलाडी पनि सहभागि हुनेछन् ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । 

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६