जीवनशैली

२४ औं राष्ट्रिय परिषद वैठक (केन्द्रिय सम्मेलन) भोलि कपिलवस्तु सिद्धार्थ क्याम्पस सभाहलमा



कपिलवस्तु २६ फागुन : मानव अधिकार तथा शान्ति समाज नेपालको २४ औं राष्ट्रिय परिषद वैठक(केन्द्रिय सम्मेलन) कपिलवस्तुमा हुने भएको छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले विहिबार पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिएको हो । “शान्ति, अहिंशा, लोकतन्त्र र मानव अधिकार” भन्ने मूला नारालाई आत्मासाथ गर्दै हुन गईरहेको केन्द्रिय सम्मेलनमा देशभरका मानव अधिकारकर्मीहरुको सहभागिता रहने मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाका सभापति गोविन्द पोख्रेलले जानकारी दिए । २४ औं राष्ट्रिय परिषद वैठक (केन्द्रिय सम्मेलन) भोलि फागुन २७ र २८ गते शनिबार सिद्धार्थ क्याम्पस बाणगंगा १ बुङ्चीको सभाहलमा हुने सभापति पोख्रेलले बताए ।

सभापति पोख्रेलका अनुसार आज विहिबार साँझ ७ बजे चारनम्बर जीतपुर चोकमा शान्ति दिप प्रज्वलन कार्यक्रम गरिएको छ । शुक्रबार विहान ८ बजे बृहत् रक्तदान कार्यक्रम, दिउँसो १ बजे शान्ति पदयात्रा कार्यक्रम, दिउँसो २ बजे समुद्घाटन कार्यक्रम, बेलुका साढे ७ बजे शान्ति काव्य प्रवाह कार्यक्रम गर्ने तय भएको उनले जानकारी दिए । यस्तै उनलका अनुसार शनिबार कार्यक्रम समापन हुने र त्यस पश्चात कपिलवस्तु जिल्लाका ऐतिहासिक र पर्यटकिय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ भने अन्य कार्यक्रम केन्द्रिय कार्यसमितिको तालिका अनुसार हुने छ । कार्यक्रममा करिब ३ सय बढीको सहभागिता रहने र १० बढी खर्च हुने अनुमान रहेको सभापति पोख्रेलले जानकारी दिए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले मानव अधिकार तथा शान्ति समाज नेपालको केन्द्रिय सम्मेलन कपिलवस्तुमा हुने कुरा आफैमा ठुलो भएको बताउँदै यसमा बाणगंगा नगरपालिकाले सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए । विश्व समुदायमा शान्ति स्थापनामा मानव मानव अधिकार तथा शान्ति समाजको महत्वपूर्ण भूमिका रहेको बताए ।

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाका सभापति गोविन्द पोखे्रलको अध्यक्षता तथा मेयर मंगलप्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रम सचिव माधव घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६