प्रदेश

१२ औं कपिलवस्तु महोत्सवबाट ५ करोड भन्दा बढिको आर्थिक कारोबार गर्न सकिन्छः महासचिव पौडेल



कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुने १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी तीब्र पारिएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगा १ जीतपुर स्थित बुद्ध रंगशालामा सञ्चालन हुँदैछ । महोत्सवको करिब ६० प्रतिशत तयारी पूरा भइसकेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । पहिले नै तय भएको महोत्सव कोरोना संक्रमणको त्रासले स्थगित भएको स्मरण गर्दै महासचिव पौडेलले महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यतालाई आत्मासाथ गर्न पनि महोत्सव गर्न लागिएको बताए । सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउन महोत्सव कोशेढुङ्गा सावित हुने उनको दाबी छ ।

यस क्षेत्रको पहिचानको लागी महोत्सव महत्वपूर्ण रहने बताउँदै महासचिव पौडेलले महोत्सवमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको सम्रग अवस्था झल्किने गरि काम भईरहेको बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उनको भनाइ छ ।

महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने दाबी गर्दै उनले ५ करोड भन्दा माथिको आर्थिक कारोबार गर्ने आफुहरुको लक्ष्य रहेको बताए । उनले महोत्सव संचालन गरेको लामो अनुभव रहेको स्मरण गर्दै महोत्सवलाई उत्कृष्ट बनाउन विभिन्न समिति तथा उपसमितिहरु ग्ठन गर्दै काम अघि बढेको बताए । मौसम प्रतिकुल हुने हो कि भन्ने चुनौति आफुहरुको माँझ रहेको बताउँदै उनले मौसम पूर्वअनुमानको ख्याल गरेर नै अघि बढेको र महोत्सव सहज रुपमा सफल हुने विश्वास व्यक्त गरे ।

मेलामा तीन सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सव स्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६