प्रदेश

जनचेतना र्‍याली सहित विश्व मृगौला दिवस कपिलवस्तुमा




कपिलवस्तु, २६ फागुन ।
विश्व मृगौला दिवसको अवसरमा बाणगंगामा जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ । जनचेतना बढाऔँ मृगौला रोग लाग्नबाट बचौँ र बचाऔँ भन्ने नाराका साथ कपिलवस्तु सामुदायिक डायलाईसिस सेन्टर, रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु को आयोजना र नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कपिलवस्तु को सहकार्यमा जनचेतना र्याली भएको हो । बाणगंगाको जितपुर होराईजन चोकदेखि सुरु भएको र्याली बैरियामा रहेको कपिलवस्तु सामुदायिक डायलाईसिस सेन्टरमा गएर समापन भएको थियो ।

र्यालीमा सहभागि सबैलाई मृगौला सम्बन्धी सचेतना फैलाउने टिसर्ट प्रदान गरिएको थियो भने अडियो प्रशारणको माध्यमबाट मृगौला रोगबाट बच्नका लागी ध्यान दिनुपर्ने कुराहरुको बारेमा सन्देश सम्पे्रषण गरिएको थियो । यस्तै मृगौलाको जाँच गराउन चाहने सहभागिहरुको लागी १ महिनासम्मको अवधिभर जतिबेला पनि निशुल्क उपचार गर्न मिल्नेगरी ७०० सय रुपैयाको कुपन समेत प्रदान गरिएको थियो ।

सचेतना र्यालीमा प्रदेश सांसद विष्णु पन्थीको बिशेष उपस्थिती रहेको थियो । संगै र्यालीमा आयोजक संस्थाका सदस्यहरु, विद्यार्थी सन्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६