ब्रेकिंग न्युज

एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन आज बाणगंगामा प्रथम सडक खाना महोत्सव



कपिलवस्तु २७ फागुन । प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा गर्ने गरि काम अघि बढेको प्रथम बाणगंगा सडक खाना महोत्सवका संयोजक बुद्ध बहादुर रोका दिनेश क्षेत्रीले बताएका छन् । कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा मारमा परेका होटल व्यवसायीलाई केही राहात होस् भन्ने उद्देश्यले सडक खाना महोत्सव गर्न लागिएको उनले बताए ।

बाणगंगा नगरपालिका वडा न। ४ ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आज हुने महोत्सवमा विभिन्न जातजातिका फरक फरक स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागिएको र सोही कामको तयारी पुरा भएको संयोजक क्षेत्रीले बताए ।

प्रथम बाणगंगा सडक खाना महोत्सवको ८० प्रतिशत काम सम्पन्न भएको छ । सडक खाना महोत्सवमा स्थानीय स्तरमा रहेका मगर, गुरुङ, थारु, नेवार, पहाडी स्वादिष्ट परिकारहरु रहने आयोजकले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६