प्रदेश

कांग्रेसको साधारण सदस्यसमेत नरहने गरि निस्कासित भए शितगंगाका वडा अध्यक्ष



अर्घाखाँची, २७ फागुन । नेपाली कांग्रेस अर्घाखाँचीले शितगंगा नगरपालिका वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल लाई कारबाही गरेको छ।
भुसाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। ।पार्टीको निति नियम भन्दा बाहिर गएकोले कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बता उनु भएको छ ।

पटक पटक सुधार हुनको लागि पार्टीले समय अवधि दिएको भएता पनि पार्टीको अनुशासनमा नरहेकाले पार्टीको अनुशासन समितिले निकाला गरेको जनाईएको छ । भुसाल कांग्रेस बाट निर्वाचित सितगंगा ३ वडामा निर्वाचित हुनु भएको थियो ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६