प्रदेश

ताप्लेजुङमा भिषण आगलागी, एक जनाको मृत्यु एक घाइते



ताप्लेजुङ, २७ फागुन । फुङलिङमा रहेको कोप्चे बजारमा लागेको आगलागीमा परि एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् ।

आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको हो । घाइते १६ वर्षीया रविना लिम्बुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट स‌ङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानको घरमा आंशिक क्षति पुगेको छ ।

स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको प्रजिअ पोखरेलले बताउनु भयो । कोप्चे बजारमा बिहान ८ बजेदेखि आगलागी भएको थियो।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६