प्रदेश

करिब तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै




फागुन २७,एजेन्सी
रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् ।

युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।

युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ रेज्रिकोभले रुससँगको लडाइँमा अप्रशिक्षित नागरिकलाई अग्रपङ्क्तिमा नखटाउने घोषणा गर्नुभएको छ । उहाँले सेनाको प्रशिक्षण नलिएका नागरिकलाई अग्रपङ्क्तिमा खटाउँदा क्षति धेरै हुने भएकाले तालिमप्राप्त सेनाको सहयोगीका रुपमा मात्रै खटाउने बताएको खबरमा उल्लेख छ ।

युद्धका क्रममा सेनाभन्दा धेरै नागरिक मारिएको भन्दै रक्षामन्त्री रेज्रिकोभले रुसको सामना गर्न तालिमप्राप्त र युद्धमा पोख्त सेना पर्याप्त रहेको भन्दै लडाइँको अग्रभागमा सेना नै रहने बताउनुभएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६