प्रदेश

रुकुम पूर्वको एक जङ्गलमा दर्जन बढी सकेट बम भेटियो



रुकुम, २७ फागुन । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम भेटिएको छ ।

कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको हो । वडाध्यक्ष जीवन केसीका अनुसार हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए ।

वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेपछि टोली खटिएको थियो । जङ्गलमा रहेको ओढारमा ड्रमभित्र राखेको वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ । बमको सङ्ख्या यकिन नभए पनि दर्जनभन्दा धेरै नै रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सकेट बम रहेको ठाउँमा निगरानी गरिएको र आज बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६