प्रदेश

काग्रेंसबाट निस्कासित भएका शितगंगाका वडा अध्यक्ष भुसाल एमालेमा प्रवेश



कपिलवस्तु, २७ फागुन । शितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले सितगंगा नगर अध्यक्ष बन्त श्रेष्ठले विहविार एक कार्यक्रमका विच एमालेमा प्रवेश गराउनु भएको हो । पार्टी प्रवेश पछि अध्यक्ष भुसाललाई नेपाली कांग्रेस अर्घाखाँचीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

काग्रेशको संगठन प्रद्धति निरन्कुस रहेकोले पनि काग्रेसबाट परिवर्तन नदेखिने भएकोले एमाले प्रवेस गरेको भुसालले बताए । बिद्यार्थीकाल देखि एमालेका विभिन्न कमिटीहरुमा रहँदै काम गरेका भुसाल कम्युनिस्ट राजनितिमा लामो समय रहेका थिए । नेकपा एमाले र माओबादीका शितगंगा नगरपालिकाका सिर्ष नेताहरु समेत उनले संगठित गरेका नेताहरु अहिले पाटीको नेत्तृत्वमन रहेका छन ।

जन्मदै एमालेमा रहेकोले बिगतमा काग्रेसमा लागे पनि अब आफ्नै घरमा फर्कदा खुशी लागेको भुसालले बताए । एमालेमा चुनाव लड्न नभइ पाटीको आस्था प्रति र सांगठनिक गतिबिधी प्रति सधै आक्रषक रहेकोले अबसरको लागिएमाले प्रवेस नगरेको भुसालले बताए । काग्रेसमा अहिले पनि आफू टिकट पाउनेमा पहिलो रहेको भए पनि राजनितिक संस्कार कमजोर रहेकोले पाटी छाडेको भुसालको भनाइ छ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६