प्रदेश

बाणगंगाको ओदारीमा भारतीय ट्रकको ठक्करबाट एक विधार्थी घाईते, सड्कमा नाराबाजी



कपिलवस्तुको बाणगंगा ११ ओदारीमा भारतीय नम्बरको गाडिले ठक्कर दिदाँ एक जना विधार्थी गम्भिर घाईते भएकी छिन् । वाणगंगाको वडा नम्बर ११ ओदारी चोकमा शुक्रबार दिउँसो करिब २ बजे भारतीय ट्रकले ठक्कर दिदाँ ओदारी उच्च माविमा अध्ययनरत छात्रा सृजना यादव घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तौलिहवाबाट जितपुर तर्फ आउदै गरेको युपी ४१ एपी १५८२ नम्बरको भारतीय ट्रकले यादवलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट घाइते यादवको टाउकोमा चोट लागेको र उपचारको लागि बुटवल पठाइएको छ । विधार्थीलाई ठक्कर दिए पछि अहिले उक्त स्थान तनावग्रस्त रहेको छ । करिब २ सय बढी प्रहरी उक्त स्थानमा तैनाथ रहेका छन् । विधार्थीले विधार्थीको ज्यान प्रत्याभूमि दिलाउन माग गर्दै अहिले नाराबाजी गरेका छन् ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६