प्रदेश

रुकुम पूर्वको जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज



रुकुम, २७ फागुन । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । हिजो बिहीवार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएका सकेट बम आज शुक्रवार डिस्पोज गरिएको हो ।

रुकुमकोटबाट गएको नेपाली सेनाको टोलीले दिउँसो बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कालो ड्रमबाहिर रहेका दुई वटा र ड्रमभित्र रहेका आठ वटा गरी १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको हो ।

हिजो दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । पछि वडा कार्यालयले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । आज बिहान बम डिस्पोज गर्न जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली गएको थियो ।

सकेट बम विगतको जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाएर राखेको हुन सक्ने वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६