प्रदेश

आइतवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल हुने




काठमाण्डौ, २७ फागुन । पर्सि आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि छलफल अघि बढ्ने भएको छ ।

आइतवार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । आइतवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नुहुने छ ।

प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिसका लागि ११ सदस्यीय समिति गठन गरिसकेको छ । जबराविरुद्ध गएको १ गते ९५ जना सांसदको समर्थनसहित कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, र नेकपा–एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६