प्रदेश

सामाजिक सञ्जालमा सूचना दिनुस,समय बर्बाद नर्गनुसः अध्यक्ष ओली



पोखरा, २७ फागुन । एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताउनुभएको छ ।पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताउनुभएको हो ।

बरु सूचना दिने खालको हुनुपर्ने उहाँको भनाइ छ ।‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’यस्तै अध्यक्ष ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याएउनुभयो । सम्बोधन गर्दै उहाँले भन्नुभयो रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उहाँले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उहाँको नाम नेगीबाट दशरथ बन्यो ।उहाँले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताउनुभयो ।

‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,रु उहाँले भने, ‘राम राज्य कस्तो थियो रु कसैलाई थाहा छैन ।सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उहाँले आग्रह गर्नुभयो। रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका भन्नुभउको थियो , ओलीले भन्नुभयो कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६