प्रदेश

निर्वाचन आयोगले दियो चुनावमा उम्मेदवारले गर्न पाउने खर्चको सिलिङ



काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ प्रस्ताव गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता केशव दाहालका अनुसार महानगरपालिकाका मेयरले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव छ ।

उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले बताएको छ ।

कतिपय दलले यो खर्च नपुग्ने बताएका थिए । त्यसमध्ये एक लोसपाका नेता झा भन्छन्, वडाध्यक्ष जित्न २०,२५ लाख लाग्छ । या त खर्चको दायरा बढाउनुस्, नभए सबैलाई कारबाही गर्नुपर्छ ।’

कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने यो त्रुटि प्रत्यक्ष निर्वाचन प्रणालीको भएको भन्दै नियन्त्रण गर्ने हो भने पूर्ण समानुपातिकतर्फ जानुपर्ने बताएका छन् ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६