जीवनशैली

देशलाई अपठ्यारो पर्दा जोगाउने पार्टी भनेकै माओवादी हो : प्रचण्ड



सुर्खेत २७ फागुन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अपठ्यारो पर्दा जोगाउने र दिशा निर्देश गर्ने पार्टी भनेकै नेकपा माओवादी केन्द्र भएको बताउनुभएको छ । कर्णाली प्रदेशको सुर्खेतमा आज शुक्रवरा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले बेला–बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको बताउनुभयो । 

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताउनुभयो । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उहाँको भनाइ थियो । उहाँले आउँदो चुनावमा ढुक्क भएर लाग्न आग्रह गर्नुभयो । ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो’, प्रचण्डले भन्नुभयो, ‘तपाईँहरू आउँदो चुनावमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।’ 

उहाँले एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनुभयो । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसीसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ ।’

अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्म जाने र सकेसम्म अझै परसम्म लैजाने योजनासमेत रहेको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले अहिले त्यसैको अभियानमा हिँडेको बताउनुभयो । 

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६