जीवनशैली

कोकाकोलाबिरुद्ध ७ अर्ब ४३ करोड कर छलीको मुद्धा दायर



काठमाडौं २७ फागुन । बहुराष्ट्रिय उत्पालन कोकाकोलाको उत्पादक बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको आरोपमा मुद्दा दायर गरेको छ ।

बोटलर्सले अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । बोटलर्सको स्वामित्व किनबेचमा राजस्व अनुसन्धान विभागले कर छलीमा अनुसन्धान थालेको १४ महिनापछि मुद्दा दायर गरेको हो । बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभकर छलेको विभागको आरोप छ । मुद्धामा बोटलर्स नेपालसहित १७ जनालाई प्रतिवादी बनाइएको छ ।

विभागले कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी बोटलर्स नेपाल लिमिटेडमा २०७७ मंसिरमा छापा मारेर महत्वपूर्ण दस्तावेज, कम्प्युटर हार्डडिस्क, ल्यापटप कब्जामा लिएर अनुसन्धान सुरू गरेको थियो ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६