अन्तर्राष्ट्रिय

नेपाल श्रीलंका संयुक्त–११ संग ९२ रनले पराजित



कोलम्बो २७ फागुन । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलि अनुभवी खेलाडी सम्मिलित श्रीलंका संयुक्त ११ संग ९२ रनले पराजित भएको छ । 

कोलम्बोमा भएको थौंथो अभ्यास खेलमा २३३ रनको मध्यम विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३५.२ ओभरमा अल आउट हुँदा १४० रनमात्र जोड्न सक्यो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । कुशल भुर्तेलले ३२,रोहित पौडेलले २१ तथा आरिफ शेखले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको स्कोरसमेत जोड्न सकेनन् । अन्तिममा आएका सागर ढकाल एक रनमा पभेलियन फर्किँदा कप्तान सन्दीप लामिछाने अविजित रहेपनि मात्र दुई बल खेलेर कुनै खाता खोल्न सकेनन् । बलिङतर्फ श्रीलंका ११ का एस दक्षिणाले ३ विकेट लिए भने डी मुनवीराले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु अनुभवी खेलाडीहरुको टोलिले १० बल बाँकी छँदा २३२ रन बनाएर अल आउट भएको थियो । उसका लागि ए फर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै विराक्कोडीले ४९ रन बनाउँदा कुमारस्वामीले ३० तथा निमन्थाले १८ रन बनाए । नेपालको लागि दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३–३ विकेट लिए । सोमपाल कामीले २ विकेट, सन्दीप लामिछाने र आरिफ शेखले समान १÷१ विकेट लिए ।

आइसीसी विश्वकप लिग डिभिजन दुईका खेल खेल्न नेपाली टोलि सोमबार युएई प्रस्थान गर्नेछ ।

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६