प्रदेश

बजार अनुगमन नाम मात्रैको, मूल्यवृद्धि ६ प्रतिशत



काठमाण्डाै २८ फागुन – सरकारले बजार अनुगमन बढाएको भने पनि महँगी नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार माघमा मूल्यवृद्धिदर ६ प्रतिशत नजिक पुगेको छ । दाल तथा गेडागुडी, तरकारी, घिउ तथा तेलको मूल्य उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

तराई मधेसको क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ । सुगम र सहज यातायात सञ्जाल, स्रोत तथा साधनको उपलब्धता भए पनि तराईमा मूल्यवृद्धि धेरै भएको पाइएको हो । तराईपछि काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा मूल्यवृद्धि धेरै रहेको राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गएको माघ मसान्तसम्म काठमाण्डौ उपत्यकाका बासिन्दाले ५ दशमलव ४७ प्रतिशत र तराईका बासिन्दाले ६ दशमलव ५० प्रतिशत मूल्यवृद्धि खेपिरहेका छन् । यस्तै पहाडका बासिन्दाले ५ दशमलव ३२ प्रतिशत र हिमालका बासिन्दाले ५ दशमलव ९७ प्रतिशत मूल्यवृद्धि खेप्नुपरेको छ ।

इन्धनको मूल्य लगातार बढेकाले उत्पादन लागतदेखि वितरणसम्मको खर्च पनि बढेकाले मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । तर कतिपय वस्तुमा व्यापारीले आफूखुशी मूल्य बढाउने गरेका उपभोक्ताको गुनासो छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखाका निर्देशक हरि पङ्गेनीले कृत्रिम मूल्यवृद्धि गर्नेलाई अनुगमन गरेर कारबाही हुने बताउनुभयो ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६