अर्थ-वाणिज्य

छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवार सम्मानित



जुम्ला २८ फागुन – जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत\ छोरीलाई पनि छोरा समान सम्पत्ति दिएका र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरेको हो ।

नेपाल सरकारको छोरा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यन्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छाउपडी प्रथा नमान्ने परिवारलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

छोरा समान छोरीलाई सम्पत्ति दिएकोमा जिरा रोकाया, मुगा शाही, डुगल शाही, आनन्द शाहीलाई सम्मान गरिएको छ । यसैगरी छाउपडी प्रथा नमानेकोमा स्थानीय खम्बा शाही, राजबहादुर शाही, देबुसुनारलाई सम्मान गरिएको उपाध्यक्ष रोकायाले बताउनुभयो । यस्तै, सरकारी नारालाई कार्यान्वयन गराउनु स्थानीय सरकारको दायित्व भएको भन्दै सबै पालिकाले यो नारालाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६