जीवनशैली

१८ महिने बालिकाको शंकास्पद मृत्यु: बलात्कार भएको आशंका



मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की १८ महिने बालिकाको शंकास्पद मृत्यु भएको छ।  

शुक्रबार साँझमा हराएकी बालिका घर नजिकै लडेको अवस्थामा फेला परेको र तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ल्याइएको थियो। बालिकाको उपचारका क्रममा शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए।  

शुक्रबार साँझ पौने ६ बजेसम्म बालिका आफ्नै आमासँग रहेको र त्यसपछि एकाएक बालिका हराएपछि खोज्ने क्रममा सवा ६ बजेतिर घर नजिकैको झाडीमा अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ‘बालिका हराएपछि खोज्ने क्रममा आधा घण्टापछि घरदेखि करिब १५०÷२ सय मिटर परको सामान्य झाडीमा आमाले अचेत अवस्थामा भेटाएकी हुन्’, एसपी जिसीले भने, ‘पौने ६ बजेसम्म आमासँगै रहेको बालिका हराएको भनिएको र त्यसको आधा घण्टापछि सवा ६ बजे अचेत अवस्थामा झाडीमा भेटिनुले धेरै प्रकारका शंका उब्जाएको छ।’

बालिका खोज्ने क्रममा झाडीमा आमाले नै भेटाएकी थिइन्। ‘१८ महिनाकी बालिकालाई उनी भेटिएको स्थान जान लामो दूरी हुन्छ’, एसपी जिसीले भने, ‘वल्लो घर पल्लो घर कहिले काहीँ जाने गरेकी रहेछिन्। घटना के हो र कसरी भए भन्ने ठ्याकै भन्न सक्ने अवस्था छैन।’ घटना थाहा पाउनसाथ अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरी सकिएको छ। विभिन्न शंकास्पद तरिकाले घटना हेरिएको र सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको एसपी जिसीले बताए। मृतक बालिकाको शव धरानस्थिर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको र त्यसको रिपोर्ट आएपछि घटनाको थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ।  

प्रहरी स्रोतका अनुसार बालिकाको यौनाङ्गमा रक्ताम्य भएकोले बलात्कार भएको हुन सक्ने आशंका रहेको र घटनको विषयमा सोधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६