प्रदेश

सभामुखले एमालेलाई भने कृपयाँ संसदको अवरोध हटाउनु होस्




काठमाडौं, २९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौदेखि संसदमा लगातार नाराबाजी गर्दै आएको छ । आइतबार पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन् ।

बैठकमा सभामुख सापकोटाले रुलिङ गर्दै संसद अवरुद्ध हुँदा विचाराधीन ४२ वटा विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने काम प्रभावित भएको बताएका छन् ।

‘विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो,’ उनले अघि भने, ‘संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरुले मलाइ पटक पटक ध्यानाकर्षण गराउनुभएको छ ।’
सभामुख सापकोटाले अवरोध अन्त्य गरी प्रतिनिधिसभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई अनुरोध गरेका छन् ।

हेर्नुहोस् सभामुख सापकोटाको रुलिङ

माननीय सदस्यहरु,

सभामा विचाराधीन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ ।

विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो । संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरुले मलाइ पटक पटक ध्यानाकर्षण गराउनुभएको छ ।

संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई बिशेष अनुरोध गर्दछु ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६