प्रदेश

प्रतिनिधि सभामा भीम रावलद्वारा एमसीसीको विरोध



काठमाण्डौ, २९ फागुन । प्रतिनिधि सभाको आज आइतवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ ।

गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै बीचमा एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गर्नुभयो ।

यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाउनुभयो । भारतको हस्तक्षेपविरुद्ध सरकारले कुनै प्रतिक्रिया र विरोध नगरेको भन्दै उहाँले सरकारको चर्को आलोचना गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि भारतले पटक–पटक नेपाली भूमि मिचिरहेकोमा अहिले महाकालीमा डोजर लगाएर धार परिवर्तन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६