कपिलवस्तु, २९ फागुन ।
मानवीय र सामाजिक कार्य गर्न भन्दै कपिलवस्तुमा नयाँ रोटरी (अन्र्तराष्ट्रिय संस्था) को जन्म भएको छ । औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष डा धर्मराज भट्टराईको अध्यक्षतामा वाणगंगा नगरपालिकामा रोटरी सेन्ट्रल कपिलवस्तुको गठन भएको हो ।
रोटरी सेन्ट्रल बुटवलको स्पन्सरमा खुलेको रोटरीको शुक्रबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले एक समारोहकाबीच उद्घाटन गर्नु भयो । क्लवमा यस क्षेत्रका स्वास्थ्यकर्मी, संचारकर्मी, ब्यापारी, ब्यवसायी, शिक्षक लगायतका पेशा र ब्यवसायमा जोडिएका ५० बढी व्यक्तिहरु आवद्ध रहेका छन् ।
अध्यक्ष भट्टराई, इलेक्ट उपाध्यक्ष टोपनारायण बेलबासे लगायत सबैलाई मुख्यमन्त्री केसी, प्रदेश सांसद विष्णु पन्थी,रोटरीका असिस्टेन्ट गर्भनर राजकुमार गुप्ता, रोटरी सेन्ट्रल बुटवलका पूर्व अध्यक्ष तथा गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रोटरी पिन, प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
सपथ ग्रहण गर्दै अध्यक्ष भट्टराइले बर्षभरी गरिने कामबारे प्रतिवद्धता मन्तव्य राख्नु भयो । विशेष गरी जेसिज भवन वैरियामा संचालनमा आउन लागेको कपिलवस्तु डाइलाइइसिस सेन्टरको सेवालाई दु्रत ढंगबाट अगाडी बढाउन संस्थाले काम गर्ने अध्यक्ष भट्टराईको भनाई छ । भट्टराई अन्नपूर्ण मोडल कलेज बुटवलका अध्यक्ष तथा अन्य थुप्रै संस्थामा आवद्ध हुनुहुन्छ ।
सेन्ट्रल बुटवलका अध्यक्ष हेमराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नेहरुले रचनात्मक ढंगले काम गर्न संस्थालाई सुझाएका थिए । यो संगै कपिलवस्तुमा ३ वटा रोटरी भएका छन् । यसअघि रोटरी क्लव अफ कपिलवस्तु मिडटाउन र कपिलवस्तु रोटरी खुलिसकेका छन् ।








प्रतिक्रिया