प्रदेश

मुख्यमन्त्री केसीले देखाए कपिलवस्तुको विकासमा चासो



कपिलवस्तु, २९ फागुन ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले कपिलवस्तुको विकासमा चासो देखाउनु भएको छ । ‘रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तु’को चार्टर सेरोमनीलाई शुक्रबार साँझ वाणगंगामा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले कपिलवस्तुको विकासबारेका धारणा राख्नु भएको हो ।

भाषणको अधिकांस समय कपिलवस्तुको विकासमा खर्चनु भएका मुख्यमन्त्री केसीले भन्नुभयो ‘कपिलवस्तु प्रदेशकै केन्द्र भाग हो । कपिलवस्तु उज्यालो नभएसम्म लुम्बिनी प्रदेश नै अँध्यारो हुन्छ । राज्यले यहाँ मनग्य लगानी गर्ने हो भने मुलुककै लागि निकै फाइदा हुने देख्छु । यो भयो भने कपिलवस्तु उज्यालो हुन्छ । यो भनेको प्रदेश उज्यालो हुनु हो। ’

बुद्धले लामो समय विताएको तिलौराकोट पनि कपिलवस्तु नै भएकाले यसलाई औद्योगिक क्षेत्रभन्दा पनि सांस्कृतिक ग्राम बनाउनु पर्ने मुख्यमन्त्री केसीको भनाई छ । उहाँले थप्नु भयो ‘कपिलवस्तुका संरचना अब मोडिफाइ गरौँ । जताततै बुद्धमूर्तिहरु राखौँ । पर्यटक तानौँ । यहाँ अरु धेरै सम्भावना पनि छन् । सबै मिलेर लागौँ । प्रदेश सरकार पनि साथमा छ ।’

मुख्यमन्त्री केसीले प्रदेश सरकारको अहिलेको ध्यान जनताको शिक्षा र स्वास्थ्यको स्थितिलाई माथि उठाउनमा रहेको भन्दै अधिकांस बजेट पनि त्यहीँ नै खर्च गरिरहेको जानकारी गराउनु भयो । गणतन्त्र आएपछि धेरै परिवर्तन भए पनि कर्मचारी तन्त्रमा पुरानै सोँच रहेका कारण परिवर्तन संस्थागत हुन नसकेको उहाँको ठम्याई छ । रोटरी सेन्ट्रल कपिलवस्तुले मिर्गौलाका विरामीको लागि डाइलाइसिस सेन्टर संचालन गर्न लागेकोमा बधाई दिँदै राम्रो काम गरेको भन्दै प्रसंसा गर्नुभयो । राज्यले गर्नु पर्ने कामहरु गौतम बुद्ध मुटु अस्पताल, रोटरीहरुले गरिरहेको भन्दै अझै उर्जाशिल भएर लाग्न उहाँको सुझाव छ ।

कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले पनि क्लवको प्रसंसा गर्नुभयो । सामाजिक र मानवीय कार्य गर्ने हेतुले यस विकसित नगरमा रोटरी सेन्ट्रल कपिलवस्तु थपिनु सबैको लागि खुसीको कुरा भएको उहाँले बताउनु भयो । उहाँले क्लवलाई प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमा जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कपिलवस्तुको विकासको लागि गर्न सकिने काम र समस्याहरु राख्नु भएको थियो ।

गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले कपिलवस्तु डाइलाइसिस सेन्टर वैरियाले अर्घाखाँची र दाङसम्मका जनतालाई राहत हुने बताउनु भयो । बाणगंगामा धेरै मिर्गौला रोगीका विरामीहरु भएकाले डाइलाइसिस सेन्टर बाणगंगामा ल्याइएको उहाँको भनाई छ । यसको अधिकतम लाभ उठाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।

सो डाइलाइसिस सेन्टर अगाडी बढाउन र जिल्लामा अन्य सामाजिक मानवीय कार्य गर्न डा धर्मराज भट्टराईको अध्यक्षतामा रोटरी सेन्ट्रल कपिलवस्तु गठन गरिएको छ । यस क्षेत्रका क्लवमा स्वास्थ्यकर्मी, संचारकर्मी, ब्यापारी, ब्यवसायी, शिक्षक लगायत ५० बढी आवद्ध छन् ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६