प्रदेश

नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेका छन्ः प्रचण्ड



काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न विदेशी शक्तिहरू लागेको टिप्पणी गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दावी गरे । उक्त षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डको भनाइ छ ।

‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने, ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ।’

प्रचण्डले चुनाव ब्याटललाई समान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गरे । प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलका नेताहरू बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्ष एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दा बाम गठबन्धनप्रति इमान्दार भएर केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएको बताए ।

तर, चार वर्ष नपुग्दै पटक,पटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए ।

‘मैले आफैंले आफैंलाई धिक्कार भन्नुपर्ने हुन्छ । त्यस्तो प्रधानमन्त्री मलाई मान्य छैन भनेर इन्कार गरेको थिएँ’, उनले भने, ‘तर, चार वर्ष बित्दा नबित्दै मैले फेरि बुढानीलकण्ठ देउवाजीलाई तपाईं प्रधानमन्त्री भइदिनुस् हामी साथ दिन्छौं भन्ने परिस्थिति पैदा भयो । यसलाई राजनीतिको विचित्र बिडम्बना भन्नुपर्छ ।’

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६