प्रदेश

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनहः गणेश बस्नेत



कास्की, २९ फागुन ।
नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन हुनुभएको छ ।

गएको शुक्रवारदेखि पोखरामा भइरहेको प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा चयन हुनुभएको छ । बस्नेत यसअघि पनि सङ्गठनको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी प्रेस चौतारी नेपालले कार्यसमितिका पदाधिकारीहरू पनि चयन गरेको छ । सङ्गठनको उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन प्रियासन र देविका घर्ती मगर रहेका छन् ।

यस्तै महासचिवमा हिरामान लामा, तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुँदा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, विष्णु तारुके, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६