अन्तर्राष्ट्रिय

फेरि उकालो लाग्दै चिनमा सङ्क्रमण दर



काठमाण्डौ २९ फागुन ।

चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको बीबीसीले जनाएको छ ।

अस्ति शुक्रवार पनि चीनमा एक हजार आठ सय जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको थियो । दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ । यस्तै ९० लाख जनसङ्ख्या भएको चाङचुन क्षेत्रमा पनि लकडाउन सुरु भएको छ ।

कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको खबरमा उल्लेख छ । चीन सरकारले देशलाई शून्य कोरोना सङ्क्रमित देश बनाउने अभियान चलाए पनि पछिल्लो समय दिनदिनै सङ्क्रमित बढ्न थालेपछि चिन्ता थपिएको जनाएको छ । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६