अन्तर्राष्ट्रिय

साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन भोलि नेपाल आउदै



काठमाण्डाै २९ फागुन – साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । विदेश मन्त्री अल साउद भाेलि साेमवार दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उहाँबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीकाे सम्मानमा दिवाभाेजकाे आयाेजना गर्नुहुने विज्ञप्तिमा जनाइएकाे छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६