जीवनशैली

कपिलवस्तु महाराजगन्जमा विभिन्न पार्टी परित्याग गरि ५ सय २५ जना एमालेमा प्रवेश



कपिलवस्तु २९ फागुन – कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५ सय २५ जना कंग्रेस, लोसपा, जसपा र अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा लोकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव, इलाकत धोबी, सफिक धुनिया, राजु यादव लगायत ५ सय २५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले पोलिट व्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इन्चार्ज विमला घिमिरेले दलित, गरिब, असहाय, मजदुर र आम नेपालीहरुको समस्यालाई समाधान गर्ने एक मात्र पार्टी एमाले रहेको बताईन् । महाराजगन्ज को मुहार फेर्नका लागि एमालेको ठुलो भुमिका रहने बताईन् । सबैको पीडा बुझेको र देशलाई समृद्ध बनाउनको लागि एमाले पार्टीले नीति नियम बनाएको बताइन् ।

नेकपा एमाले को केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले नेकपा एमाले पार्टीले सबैलाई जोड्ने काम गर्ने बताउदै सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेको बताए । पार्टी मा प्रवेश गरेका नव प्रवेशिकालाई बधाई समेत दिएका थिए ।

नव प्रवेशि इन्द्रराम यादवले लोसपा पार्टी को निति नियम र कार्य चित्त नबुझेकले एमाले पार्टी मा प्रवेश गरेको बताए । उनले खुसी व्यक्त गर्दै जनताको हक, अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको बताए ।

लुम्बिनी प्रदेश सह–इन्चार्ज विमला घिमिरे, कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, कपिलवस्तु अध्यक्ष डम्मर शर्मा, जिल्ला सचिव सि।वी गहतराज ., प्रदेश सभा सदस्य अर्जुन के.सी, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका , गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन् ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पौडेल, बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे, महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा ,सह–इन्चार्ज शिवराम खड्का, मैराज खा, अखिल नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।कार्यक्रम महाराजगन्ज नगर कमिटी सचिव संतोष त्रिपाठीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६