प्रदेश

प्रकाशको गीत ‘पिर’ लाई लिएर विवाद गर्न आवश्यक छैनः प्रचण्ड



काठमाण्डौ, ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार प्रकाश सपुतको गीत ‘पिर’ लाई लिएर विवाद गर्नु नपर्ने बताउनु भएको छ ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले आफूले पूरै गीत हेर्न नभ्याए पनि मिडियाबाट थाहा पाएको भन्दै गीतलाई लिएर कोही आवेगमा आउन नपर्ने बताउनु भएको हो ।

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भनियो भने गलत हुने तर सशस्त्र द्वन्द्वका विषयमा केही टिप्पणी भने गर्न सकिने उहाँको भनाइ छ ।

सशस्त्र द्वन्द्वका विषयमा बहस भइरहने भएकाले यसबारे हुने तर्करवितर्क, पक्षरविपक्षलाई स्वाभाविक रूपले लिनुपर्ने प्रचण्डको भनाइ छ । प्रकाश सपुतको गीतले जनयुद्धको अवमूल्यन गरेको भन्दै माओवादीका एकथरी नेता कार्यकर्ताले विरोध गरिरहेको बेला प्रचण्डको यो भनाइ आएको हो ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति आपत्ति जनाउँदै माओवादीका जनवर्गीय सङ्गठनका केही नेताले गीतको म्युजिक भिडियो युट्युबबाट हटाउन चेतावनी पनि दिएका छन् । साभार

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६