प्रदेश

जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको मृत्यु, २४ घाइते



काठमाण्डाै – सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् ।

हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते २४ जनामध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।  अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेहुला र बेहुली अर्कै गाडीमा भएकाले उनीहरु सुरक्षित रहेका पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६