प्रदेश

सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी दिन सुनुवाइ समितिको आह्वान



काठमाडौँ, ३० फागुन । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सोमबार(आज) सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीश पदमा न्यायपरिषद्बाट आएका विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरुमा जाने सभापति कर्णले बताए ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६