प्रदेश

पार्टीलाई स्थापित गर्न स्थानीय चुनाव महत्त्वपूर्ण छ: यादव



काठमाण्डाै, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

आज सोमवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न निर्देशन दिनुभएको हो । उहाँले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आउँदाे स्थानीय तहकाे चुनावमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताउनुभयो । उहाँले गाउँ, नगर, वडालगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘प्रत्येक केन्द्रीय सदस्यहरूले आफूले जिम्मा लिएको पालिकालाई जिताउनका लागि एउटा भरपुर प्रयास गरौँ । यो दुई महिना, वैशाख ३० गतेसम्मका लागि यो अभियान गर्नेछौँ । त्यसपछि फेरि हामी नयाँ निर्णयहरू गर्नेछाैँ । चुनाव नजिकिएकाे हुनाले र र पार्टीलाई स्थापित गर्नका लागि स्थानीय चुनाव महत्त्वपूर्ण भएकाले यसलाई हामीले धेरै भन्दा धेरै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउनुपर्छ ।’

त्यस्तै पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आउँदाे स्थानीय चुनावमा सहभागी हुने बताउनुभयो । उहाँले आजको बैठकमा नेताहरूले पार्टीको सङ्गठनात्मक कुराहरूमा आफ्नो धारणा राखिरहेको बताउनुभयो । आजको बैठकले केन्द्रीय प्रतिनिधिहरूले कसरी आफ्नो जिम्मेवारीलाई पूरा गर्ने भन्नेबारेमा छलफल भइरहेको पनि जानकारी दिनुभयाे ।  

यस्तै पार्टीकाे प्रचा विभाग प्रमुख डम्बर खतिवडाले स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक गाउँपालिकामा कम्तीमा एक जना केन्द्रीय सदस्यलाई खटाउने योजना रहेको सुनाउनुभयाे । बैठकमा आउँदाे विधान अधिवेशनको तयारीका बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो । 

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६