प्रदेश

म्यादी प्रहरीमा एक सातापछि दरखास्त खुल्ने



काठमाडौंं, ३० फागुन । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिनुभयो । यता, अर्थ मन्त्रालयका प्रवक्ता धुन्डीप्रसाद निरौलाले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो ।
मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट निकास गरेको हो । यद्यपी, प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार ४० दिनका लागि म्यादी प्रहरीलाई भर्ना लिइने भएको छ । अब एक साताभित्र दरआस्त आह्वान गर्नेगरी तयारी भएको समेत उहाँले बताउनुभयो ।
म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपियाँ र रासन बापत सात हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । साथै छ हजार बराबरको लत्ता कपडा, एक हजार गाडी भाडा पाउनेछन् । म्यादी प्रहरीले तलब, भत्ता र रासन जोडेर करिब साढे ४४ हजार पाउँछन् । म्यादी प्रहरी वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।
म्यादी प्रहरी भर्नाको आह्वानका लागि गोरखापत्र दैनिक र नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशित गरिने प्रवक्ता केसीले जानकारी दिनुभयो ।
भर्नाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, नेनाबाट निवृत्त भएका वा जागिर छोडेका मानिसहरुलाई प्राथमिकतामा रहेका छन् । स्थानीय तह निर्वाचन आगामी वर्षको वैशाख ३० गते हुँदै छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६