प्रदेश

आयोगले निर्णय गरेपछि निर्वाचन आचारसंहिता लागू हुन्छ : प्रवक्ता पौडेल



काठमाडौं, ३० फागुन । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता निर्वाचन आयोगले निर्णय गरेपछि लागू हुने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता तयार भइरहेको र अन्तिम रुप दिन आयोग र कानुन मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिनुभयो । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा आचारसंहित निर्माण र छलफलकै क्रममा रहेको प्रवक्ता पौडेलले बताउनुभएको हो ।
‘आचरसंहित निर्माण र छलफलकै क्रममा छ । पास भएपछि राजपत्रमा प्रकाशित हुन्छ । कहिलेदेखि लागू हुन्छ भन्नेमा आयोगले निर्णय गरेदेखि लागू हुन्छ ।,’ उहाँले भन्नुभयो ।
त्यस्तै, साना दलले निर्वाचन चिन्हप्रति गरेको गुनासोबारे पनि आयोगले प्रचलित कानुनको अधिनमा रहेर निर्णय गर्ने उहाँको भनाइ छ । साथै आयोगले निर्धारण गरेका उम्मेदवारको खर्चलाई विभिन्न संयन्त्रबाट अनुगन गर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले महानगरको प्रमुख वा उपप्रमुखलाई सात लाख ५० हजार, उपमहानगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवार पाँच लाख ५० हजार र नगरपालिकाको प्रमुख वा उपप्रमुखको उम्मेदवारले चार लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो ।
त्यस्तै, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले तीन लाख ५० हजार, महानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले तीन लाख र उपमहानगरको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले दुई लाख ५० हजार खर्च गर्न पाउनेछ ।
नगरपालिकाको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले दुई लाख र गाउँपालिकाको वडा अध्यक्ष वा सदस्यको उम्मेदवारले एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरेको उहाँले बताउनुभयो । त्यस्तै, जिल्ला समन्वय समितितर्फ उम्मेदवारले ५० हजारसम्म र सदस्यको उम्मेदवारले २५ हजारसम्म खर्च गर्न पाउनेछन् । उहाँका अनुसार आयोगको विश्वास निर्वाचन खर्चिलो हुनुहुँदैन भन्नेमा रहेका कारण आयोग आफैँले पनि कतिपय खर्च कटौती गरेको जानकारी दिनुभयो ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६