प्रदेश

क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने



काठमाडौँ,३० फागुन । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।

उक्त प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनवटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको, अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामसारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन बहिष्कारद्वारा नै समुज्ज्वल हुुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको उल्लेख छ ।

बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६