प्रदेश

राष्ट्रको चिन्ताले मेरो टाउको दुखेकै हो: भीम रावल



काठमाडौँ, ३० फागुन । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथी लगाएको आरोपको प्रतिवाद गर्नुभएको छ । आज नुवाकोटमा आयोजति कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रपिरषिदबाट पारति भई संसदमा पेश भएको बताउनुभएको थियो । त्यसबेला विरोध नगरेको तर अहिले किन टाउको दुखेको भनी देउवाले प्रश्न गर्नुभएको थियो ।

जवाफमा नेता रावलले आफू मन्त्री भएका बेला मन्त्रपिरषिदबाट एमसीसी पारित नभएको जिकिर गर्नुभएको छ । ‘केपी ओलीजी पहिलो पटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ । ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मन्त्रीपरिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन’ रावलले ट्विटरमार्फत जवाफ दिनुभएको छ ।

नेता रावलले प्रधानमन्त्रीले आफूमाथी तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गर्नुभएको छ । उहाँले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रष्टीकरण दिनुभएको छ । नेता रावलले देउवाले संसद नियमावली र संविधान मिचेर जनआवाजमाथी दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाका बीच एमसीसी अनुमोदन गराएको टिप्पणी गर्नुभएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६