जीवनशैली

तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवाको मृत्यु



पाल्पा ३० फागुन ।

पाल्पाको तानसेन नगरपालिका–५, ढुंगाखानीमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा २० वर्षीय भरत गोदारको मृत्यु भएको छ ।

पाल्पा–गुल्मी सडक अन्तर्गत तानसेनबाट हार्थोक जाँदै गरेका रिब्दीकोट गाउँपालिका–४, भैरवस्थान घर भएका गोदारको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा घाइते उनलाई उपचारका लागि मिसन अस्पताल लगिएको थियो । दुर्घटनाग्रस्त मोटरसाइकल र चालक सडकबाट १५ मिटर तल खसेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६