जीवनशैली

हात्तीपाईले बिरुद्धको औषधी ढुक्कसंग खान कांग्रेस कपिलवस्तुको अपील



कपिलवस्तु ३० फागुन – कपिलवस्तुमा जारी हात्तीपाईले बिरुद्धको महाभियानमा ढुक्कसंग औषधी सेवन गर्न कांग्रेस कपिलवस्तुले अपील गरेको छ । पार्टीका जिल्ला अध्यक्ष अब्दुल कलामले हात्तीपाईले रोग बिरुद्ध औषधी सेवन गर्न अपील जारी गर्दै यो रोगलाई निवारण गर्न एक मात्र बिकल्प औषधी सेवन रहेको बताएका छन ।बिगत १३ बर्ष देखि अभियान संचालन गरिए पनि नागरिकहरुले ईमान्दारीपुर्वक औाषधी सेवन नगर्दा जिल्लामा यो प्रमुख जन स्वास्थ्य समस्याकारुपमा देखा परेको उनले बताए । ‘ यो रोग अझै कपिलवस्तुमा रही रहुन जिल्लाको प्रतिस्ठासंग जोडिएकाले ईमान्दारी पुर्वक औाषधी सेवन गर्नु पर्छ ’ उनले भने ।उनले हात्तीपाईले बिरुद्धको ओषधी लुतो जुम्रा जुका, मलेरिया रोगलाई निको पार्ने समेत स्वास्थ्यकर्मीले बताएकाले औषधी सेवन गरी जिल्लाबाट हात्तीपाईलेलाई चाडै निवारण गर्न उनले आग्रह समेत गरे । जिल्लामा १४ चरणको महाभियान फागुन २८ देखि जारी छ । २ बर्षमाथीलाई उचाईका आधारमा ३ प्रकारका औाषधी खुवाईने गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालकया प्रमुख हेमराज पाण्डेय अनुसार जिल्लामा २ बर्षमाथीका ६ लाख २० हजार ४९१ जनालाई औषधी खुवाईन अनुमान गरिएको छ

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६