अर्थ-वाणिज्य

लुम्विनीमा सत्ता गुम्ने खतरा बढेपछि आलोपालोमा पूर्ण विराम




बुटवल १ चैत्त ।लुम्विनी प्रदेशमा सत्ता गुम्ने खतरा बढेपछि आलोपालोमा पूर्ण विराम लागेको छ । लुम्बिनी प्रदेश सरकारको वर्तमान सत्ता पल्टिने भएपछि सत्तागठबन्धन भित्रको ‘आलोपालो सरकारको नेतृत्व’ सम्बन्धी बहस मत्थर बनेको छ। सत्ता नै संकटमा पर्ने देखिएपछि सत्ताको आलोपालो नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र माओवादी केन्द्र यो सहमति कार्यान्वयनको पाटोबाट पछि हटेका हुन्। तत्कालीन शंकर पोख्रेल नेतृत्वको सरकार ढलेपछि गठबन्धन मार्फत माओवादीका कुलप्रसाद केसी नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
यो बेला प्रदेशसभाको बाँकी अवधि मध्य आधा अवधि माओवादीले सरकारको नेतृत्व गर्ने र आधा अवधि कांग्रेसले सरकरको नेतृत्व गर्ने कांग्रेस र माओवादीबीच सहमति भएको थियो। सहमति अनुसार सरकारमा माओवादीको नेतृत्व हुनुपर्ने अवधि यही फागुन सम्म मात्रै हो।तर सरकारको नेतृत्व फेरबदल गर्न खोज्दा सत्तानै संकटमा पर्ने खतरा देखिएपछि आलोपालो सरकार हााक्ने सहमति गरेका यी दुबै दल कांग्रेस र माओवादी मन्त्री फेरबदल गर्ने तर नेतृत्व परिवर्तन नगर्ने सहमति नजिक पुगेको कांग्रेसका एक सांसदले जानकारी दिए।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६