प्रदेश

लुम्विनी प्रदेशमा उद्यम र ब्यवसायीमैत्री वन नियमावली तयार




रुपन्देही १ चैत । लुम्विनी प्रदेश सरकारको बन मन्त्रालयले उद्यम र ब्यवसायीमैत्री वन नियमावली तयार पारेको र चैत मसान्तरसम्म पारित हुने वताएको छ । बुटवलमा भएको एक छलफलमा यस्तो वताइएको हो । यता वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनलाई व्यवस्थित वनाउन नयाँ नीति ल्याउने तयारी गरेको छ । आगामी २ वर्ष भत्रै मुलुकलाई वनपैदावारमा आतमनिर्भर बनाउने गरी नयाँ नीति ल्याउने तयारी भएको हो ।
मन्त्रालयका सचिव डा. प्रेम नारायण कंडेलले नयाँ बन्दै गरेको नीतिले हाल विद्यार्थीलाई विद्यमान रहेका वन पैदावार सम्बन्धि सम्पूर्ण समस्यालाई सम्बोधन गर्ने बताए । लुम्बिनीमा सोमबार आयोजित नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको २२ औं वार्षिक साधारण सभामा बोल्दै कंडेलले राजनीतिक रुपमा नयाँ आउने नीतिलाई समर्थन रहेमा वन पैदावार व्यवसायीलाई ठूलो सहयोग पुग्ने उल्लेख गरे ।
लुम्बिनी प्रदेश वन तथा भुसंरक्षण मन्त्रालयका सचिव दुर्गा बहादुर कार्किले उद्यम र ब्यवसायीमैत्री वन नियमावली तयार भएको भन्दै चैत मसान्तरसम्म पारित हुने बताए। उद्योगहरुले उत्पादनको विविधिकरणमा ध्यान दिनुपर्ने सुझाव दिए। लुम्बिनी प्रदेश वन ब्यवस्थापन महाशाखाका प्रमुख नारायण भट्टराईले वनलाई प्रकृति सम्पदाका रुपमा ब्यख्या गरिदा नै अहिलेको अवस्था आईपरेको भन्दै वनलाई श्रोतका रुपमा ब्याख्या गरिनुपर्ने बताए।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६