प्रदेश

बैजलपुर जनकल्याण सामुदायिक वनको साधारणसभामै उपभोत्ताले च्याते माईन्यूट, हिसाब किताब पारदर्शी नभएको आरोप




कपिलवस्तु, ०१ चैत्र ।
कपिलवस्तुको एक सामुदायिक वनको बार्षिक साधारणसभा तथा अधिवेशनमा लफडा मच्चिएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ मा रहेको बैजलपुर जनकल्याण सामुदायिक बन उपभोक्ता समूहमा सोमबार उपभोक्ता र वन समूहका पदाधिकारी बीच लफडा भएको हो ।

वन समूहका कोषाध्यक्ष रेमबहादुर रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवदेन माथि उपभोक्ताले प्रश्न चिह्न उठाए पछि त्यसको जवाफ नदिई कार्यक्रम अगाडी बढाउन खोजेपछि एक उपभोक्ताले माइन्यूट च्यात्न पुगेका थिए । माइन्यूट च्यातेपछि समितिका पदाधिकारी र उपभोक्ता बीच लफडा मच्चिएको थियो ।

कोषाध्यक्ष रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा रु १० लाख ६३ हजार बढीको अनुगमन भत्ता शिर्षकमा खर्च देखाइएको छ । साथै ७ लाख ५८ हजार बढी रकमको चन्दा, अनुदान सहयोग गरेको उनको प्रतिवेदनमा उल्लेख छ ।

यो खर्चको मोटो रकम आर्थिक प्रतिवेदनमा उल्लेख भएपछि बनका केही उपभोक्ताले यसको हिसाब सार्वजनिक गर्न माग गरेका थिए । उक्त हिसाब सार्वजनिक गर्न माग गरे पनि समितिले वेवास्था गरी बाँकी काम अगाडी बढाएपछि माइन्यूट च्यात्नेसम्मको स्थिति आएको एक उपभोक्ताले जनाए ।

यता कोषाध्यक्ष रेग्मीले खर्च भएको शिर्षक एकमुष्ट राखे पनि एक एक गरि हिसाब सार्वजनिक गर्न तयार भएको प्रष्टिकरण दिएका छन् ।

लेखा परिक्षकले एकमुष्ट अनुगमन भत्ता शिर्षकमा रकम राखेपनि यो रकम सामाजिक लेखा परिक्षण, समितिको अनुगमन पारिश्रमिक, विक्री वितरण गर्दा समितिले पाएको बार्षिक पारिश्रम भएको उनले बताए । माओवादीले यो काम गरेको समेत उनको आरोप छ ।

माइन्यूट च्यात्नेमाथि कारबाहीको माग गर्दै समिति प्रहरीमा

कार्यक्रममै माइन्यूट च्यातेर उच्श्रृङ्खल काम भएको भन्दै बन समितिले इलाका प्रहरी कार्यालय पिपरामा कारबाहीको माग गर्दै उजुरी दिएको छ ।

सामुदायिक बनका अध्यक्ष सत्यनारायण थारुले माइन्यूट त्यात्नेमाथि सार्वजनिक मुद्धा चलाउन माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिएको बताए ।

‘भोलिका दिनमा पनि यस्ता क्रियाकलाप नहुन भन्नका लागि प्रहरीमा माइन्यूट च्यात्नेमाथि उजुरी दिएका हौं अध्यक्ष थारुले भने, ‘गलत काम गर्नेमाथि कारबाहीको माग गर्न न्यायसंगत कुरा हो ।’ प्रहरीले उक्त काम गर्ने माथि खोजकार्य जारी राखेको जनाइएको छ ।

वनको अधिवेशन प्रति माओवादी केन्द्रको फरक मत

नेकपा (माओवादी केन्द्र) वाणगंगा नगर समितिले बैजलपुर जनकल्याण सामुदायिक बनको अधिवेशनलाई लिएर आपत्ति प्रकट गरेको छ । बनले आफुले गरेको काम उपभोक्ता सामु छर्लङ्ग पार्नुपर्ने भएपनि जवरस्तर ढंगबाट अगाडी बढ्न खोजेपछि स्थिति खराब हुन पुगेको माओवादी केन्द्रले जनाएको छ ।

सामुदायिक बन सबैको साझा सम्पत्ति भएपनि राजनीति स्वार्थका आधारमा एक पक्षलाई पाखा लगाई अगाडी बढ्न खोजेको माओवादीको आरोप छ । पार्टीका नगर उपाध्यक्ष टेकेन्द्र क्षेत्रीले बनमा भएको गतिविधिबारे आम उपभोक्ताले थाहा पाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६