प्रदेश

चुनाव सजिलै जित्छौंः ओलि




काठमाडौं,०१ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताए ।

‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन’, ओलीले भने, ‘यिनीहरु ससाना समूहहरु हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’

अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन्’, उनले भने, ‘त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

सत्ता गठबन्धनमा रहेका पाँचवटै दलबीच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दावी गरे । ‘एक्लाएक्लै आए त कर्‍याक कुरुक पार्छौं,’ उनले भने, ‘सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक मर्‍याक मुरुक पार्छौं ।’

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६