प्रदेश

उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास हुने भयो त्रिभुवन विश्वविद्यालय




काठमाण्डौ, ०१ चैत्र । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी त्रिविलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताउनुभयो ।

आज मङ्गलवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले उच्च शिक्षा सुधारका लागि त्रिविले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले सरकारले सात सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो ।

त्यस्तै मन्त्री पौडेलले शिक्षा क्षेत्रबाट नै नेपालबाट वार्षिक अरबौँ रुपैयाँ बाहिर जाने गरेको बताउनुभयो । उहाँले विदेशबाट आउने रेमिट्यान्सको हिसाब गर्ने तर नेपालबाट बाहिर गएको पैसाको हिसाब नगर्ने भएकाले अर्थतन्त्र रेमिट्यान्सको भर पर्नुपरेको दाबी गर्नुभयो । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अरबौँ रुपैयाँ बाहिर जाने गरे पनि नियन्त्रण गर्न नसकिएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले नेपालमा नै गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउनु आवश्यक भएको धारणा राख्नुभयो । बताउनु भयो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्ताकालयमा २०७२ सालको भूकम्पले क्षति पुगेको थियो । यो पुस्तकालय बनाउन भारत सरकारले ५० करोड रुपैयाँ अनुदान दिएको छ । अहिलेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयमा रहेको गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताउनुभयो । उहाँले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताउनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई दुई सय ५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । त्यो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च भइरहेको छ । अहिले नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भइ हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६